Header Ads

Breaking News
recent

प्रणय दिवसमा मायालुलाई पत्र

मेरो मनभित्र एउटा ठूलो सहर छ ।
सहरको उत्तरतफर्को एउटा डाँडामा गजुर
भएको सुन्दर घर छ । घरको पूर्वपट्टि एउटा आकर्षक
कोठा छ ।
कोठामा दक्षिण फर्केको सुनौलो दराज छ ।
दराजको भित्री खापामा चाबी लगाएको गोप्य
सेप छ । त्यही सेफमा मैले मेरी मायालुलाई लुकाएर
राखेको छु ।
धेरै अघि, जब सानै थिएँ, मायाको अर्थ थाहा नहुँदै
मायाको बीउ मेरो कलिलो-
मलिलो माटोमा पोखिएको थियो । सम्भवत:
उनको बीउ निकै उब्जाऊ थियो ।
मेरो माटो पनि निकै मलिलो । जसै बीउ
मेरो मलिलो मनभित्र पस्यो, टुसा पलायो । मैले
मलजल गर्न थाले, हरियाली छायो । मैले
पानी हाल्न थाले, हाँगा-बिगा लाग्न थाले, फूल
फुल्न थाले । जब बगैंचा हराभरा र सुन्दर फूल फुल्न
थाल्छन्, अरूको आँखा लाग्न थाल्छन् । त्यसलाई
लुकाउन-जोगाउन जान्नुपर्छ । मैले पनि लुकाउने र
जोगाउने ठूलो प्रयास थालें । त्यो प्रेमवृक्ष आज
अजङ्गको रूख भएको छ ।
ठुलो हुँदै
जाँदा कहिलेकाहीं दराजको भित्री खापा भत्काउँदै
मेरी माया बाहिर चिहाउन खोज्छे । म पोर्टेबल
बनाउँदै म अझ लुकाउन खोज्छु । जति लुकायो,
उति देखिन खोज्ने आनौठो उनको बानी छ । म
कति सम्झाउँछु, ऊ मरिगए मान्दिनँ ।
म असल छोरा भएँ-भइन भन्न सक्दिन । असल बाबु
भएँ-भइन त्यो पनि भन्न सक्दिन । असल श्रीमान् त
हुनै सकिनँ । तै पनि दाबीका साथ भन्न सक्छु, म सधैं
असल प्रेमी भएर बाँचेको छु । उनको प्रत्येक
खुसीमा मेरो खुसी मनमनै साटेको छु, प्रत्येक
दु:खमा पाएको पीडा बाँडेको छु । ईश्वरलाई
चढाएको प्रसादजस्तो प्रत्येक
उपलब्धिको पहिलो भाग
उनको नाममा छुट्टयाएको छु ।
मेरी भ्यालेन्टाइन, यो चिसो सहरको मन पनि चिसै
छ । तैपनि चिसो रातमा मैले
बगाएका ताता आँसुको बयान तिमीलाई थाहै
होला । मेरी माया, यो धुलो र
धूवाँको सहरमा मान्छे सफा त देखिन्छ तर मन धेरै
फोहोरी छ । यी दुषित आत्मासँग तिम्रो शुद्ध
प्रेमको वर्णन कसरी गरौं ? मेरी प्यारी, तिम्रो प्रेम
मैले शुद्ध राख्न सकिरहेको छैन । बाहिर जे देखिन्छ,
ती केवल आवरण मात्र हुन् । राम्रो प्याकेजिङ
गरिएको बट्टा बन्द
गरिएको पुरानो खानेकुराजस्तो म बासी प्रेमबीच
घेरिएको छु । सक्छौ भने मलाई बचाऊ । तिमीलाई
आफ्नो प्रेम प्रति अलिकति पनि गौरब छ भने
त्यो दराजको गोप्य सेफको चाबी लिएर जाऊ ।
म तिमीलाई अमर बनाउन चाहन्छु प्रिये ।
भोली कसैले यो नभनोस्, यति लामो समयसम्म शुद्ध
प्रेममा बनेको मीठो खिर कुनै अमूक कारणले अशुद्ध
भयो । खिर जतिसुकै मीठो किन नहोस्, बाहिरबाट
थोरै फोहोर पर्यो भने खानलायक रहँदैन । म
तिम्रो प्रेमले बनेको 'जुकरबर्ग क्याफे' तिमीलाई नै
अर्पण गर्न चाहन्छु ।
Powered by Blogger.