Header Ads

Breaking News
recent

‘गगन थापा बसमा हावा हाल्ने मान्छे !

राजनीतिक दलका नेताहरु एक अर्कालाई ‘खलासी’ ‘ड्राइभर’ र ‘कण्डक्टर’को उपमा दिनतिर लागेका छन् । कांग्रेस सभासद गगन थापाले डा. बाबुराम भट्टराईलाई खलासीको उपमा दिएर यो अभियानको शुरुवात गरेका हुन् ।  युवा नेता थापाले आफ्नो टि्वटरमा एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई खलासी र विप्लवलाई ड्राइभरसँग तुलना गरेका थिए । थापाले गरेको टि्वट अनलाइनखबरमा समाचार बनेपछि थापामाथि तीब्र आलोचना शुरु भएको छ ।  अनलाइनखबरको फेसबुक पेजमा कमेन्ट गर्नेहरुले सभासद थापालाई थोत्रे गाडीको निरीह यात्रीको संज्ञा दिएका छन् । कसैले उनलाई ‘गाडीमा हावा हाल्ने मान्छे’ को संज्ञा दिएका छन् ।  सोमबारसम्म थापाको समाचारमाथि अनलाइनखबरको फेसबुक पेजमा ५ सयभन्दा कमेन्ट आएका छन् । ती कमेन्टमध्ये अधिकांश थापाको आलोचनामा केन्द्रित छन् ।  फेसबुक पेजमा थापाको समाचार ७४ हजारभन्दा बढीले हेरेका छन् । तीमध्ये ५० बढीले सेयर गरेका छन् ।  सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेर्दा गगन थापाप्रति मानिसहरुको आशा र भरोसा घट्न थालेको संकेत देखिन्छ ।

‘गगन थापा बसमा हावा हाल्ने मान्छे !’

बाबुरामलाई 'खलासी' भनेपछि फेसबुकमा थापाको चर्को आलोचना

२०७१ फागुन ११ गते १५:५७ मा प्रकाशित
 4909  61
 0
११ फागुन, काठमाडौं । राजनीतिक दलका नेताहरु एक अर्कालाई ‘खलासी’ ‘ड्राइभर’ र ‘कण्डक्टर’को उपमा दिनतिर लागेका छन् । कांग्रेस सभासद गगन थापाले डा. बाबुराम भट्टराईलाई खलासीको उपमा दिएर यो अभियानको शुरुवात गरेका हुन् ।
Gagan Thapa with onlinekhabarयुवा नेता थापाले आफ्नो टि्वटरमा एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई खलासी र विप्लवलाई ड्राइभरसँग तुलना गरेका थिए । थापाले गरेको टि्वट अनलाइनखबरमा समाचार बनेपछि थापामाथि तीब्र आलोचना शुरु भएको छ ।
अनलाइनखबरको फेसबुक पेजमा कमेन्ट गर्नेहरुले सभासद थापालाई थोत्रे गाडीको निरीह यात्रीको संज्ञा दिएका छन् । कसैले उनलाई ‘गाडीमा हावा हाल्ने मान्छे’ को संज्ञा दिएका छन् ।
सोमबारसम्म थापाको समाचारमाथि अनलाइनखबरको फेसबुक पेजमा ५ सयभन्दा कमेन्ट आएका छन् । ती कमेन्टमध्ये अधिकांश थापाको आलोचनामा केन्द्रित छन् ।
फेसबुक पेजमा थापाको समाचार ७४ हजारभन्दा बढीले हेरेका छन् । तीमध्ये ५० बढीले सेयर गरेका छन् ।
सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेर्दा गगन थापाप्रति मानिसहरुको आशा र भरोसा घट्न थालेको संकेत देखिन्छ ।
- See more at: http://www.onlinekhabar.com/2015/02/244654/#sthash.nYAn40Ul.LPPdTfpv.dpuf

Powered by Blogger.