Header Ads

Breaking News
recent

समयले बताउला

प्रेमील मुना बाँच्छ मर्छ समयले बताउला
आपत विपत कस्तो पर्छ सयमले बताउला
हिजो देखि मैले पनि प्रेम खेति गरेको छु
फल्न फूल्न के के गर्छ समयले बताउला
एक्लो मेरो जीवनमा साथ उन्को पाएपछि
जीवन चक्र कता सर्छ समयले बताउला
सके सम्म पिरतीको सानो फल जोगाउला
भोली पाक्छ या त झर्छ समयले बताउला
विवशतामा परे देखी दुःख पीडा झेलेको छ
जंगार हरु कहिले तर्छ समयले बताउला
Powered by Blogger.