Header Ads

Breaking News
recent

जीन्दगीलाई

जसो तसो अघि बढाई थामेको छु जीन्दगीलाई
कैले रुवाई कैले हसाई थामेको छु जीन्दगीलाई
शुःख दुःख नाप्न खोज्छु दुःख पल्ला भारी हुन्छ
पीडा भित्र मन जलाई थामेको छु जीन्दगीलाई
जता जाउ शुन्य लाग्छ लाखौ लाख दुनिया बिच
जोगी हेरी चित्त बुझाई थामेको छु जीन्दगीलाई
धनी जस्तो शुःख सयल कहाँ पाउनु अब मैले
गरीबी को घुम्टो ओढाई थामेको छु जीन्दगीलाई
पीडा सँगै स्वाप्ना रुपी विवश ताका पाना भित्र
पागल प्रेमी नाम छपाई थामेको छु जीन्दगीलाई
Powered by Blogger.