Header Ads

Breaking News
recent

बगरमा

आउ हेर्न शंख फुक्दा खास हुन्छ बगरमा
हुन सक्छ भोली मेरै लास हुन्छ बगरमा
परदेशी हुँ जीवनको मान्दिन म भर कत्ति
श्वास गए धड्कन रुके बास हुन्छ बगरमा
माया प्रेम धोका घृणा चल्दै जान्छ सधैँ भरी
असल मान्छे समय को दास हुन्छ बगरमा
फूल फुल्नु झर्नु पनि प्रकृतीको नियम हो रे
यस्तो जान्दा जान्दै कोहि निरास हुन्छ बगरमा
अग्नी ज्वाला दनदनी बल्यो भने चिता माथी
विवश ताको जीन्दगानी नाश हुन्छ बगरमा
Powered by Blogger.