Header Ads

Breaking News
recent

बाबु आमा

सानै थिए सानै मत बाबु आमा छोडि गए
देखावटि रैछ बन्धन् छिन भरमै तोडि गए
रुदै हिडे कति दिन सडकका गल्ली गल्ली
कोही आए हात थामे कोही मुख मोडि गए
कैले घाम कैले पानी निरन्तर परिरह्यो
कैयौ मेरा पलहरू आकाश नै ओडि गए
आजसम्म केके भयो खाताहरू पल्टाउ भने
सुखीहरूभन्दा धेरै दुखी नाता जोडि गए
जीवनमा अन्तीम पल्ट रसपान गर्न खोजे
सकिन खै जोजो आए विषको विष गोढि गए
दुखिराको छाती भित्र बचेको त्यो प्राण थियो
आज आफ्नै आफन्तले छुरा रोपि फोडि गए
Powered by Blogger.