Header Ads

Breaking News
recent

मेरी आमा

यति सम्म जीन्दगीले नचाईदियो मेरी आमा
दुःख मात्र मेरो भागमा पठाईदियो मेरी आमा
न्यानो पन मिठो माया आहा तिम्रो आचलको
आज फेरी सम्झनाले सताईदियो मेरी आमा
छुन चन्द्र खोजेकै थ्येँ बाजी राखी ज्यान पनि
भाग्यले नै ताला चाबी लगाईदियो मेरी आमा
रात दिन काम गर्दा चल्न छाड्यो गुजारा खै
शुख सयल स्पप्ना सरी बनाईदियो मेरी आमा
बाँचे पनि के अर्थ भो विवश मेरो जीन्दगीको
पीडा भित्र अझैँ पीडा छपाईदियो मेरी आमा
Powered by Blogger.