Header Ads

Breaking News
recent

खुल्लमखुल्ला प्रेम




माया लाएको छ भने लुकाउनुपर्छ, नत्र समाजले कर्के नजर लगाउँछ भन्ने जमाना पनि थियो । घरपरिवारले माया लाएको चाल पाए छुटाउन प्रयत्न गर्लान् वा मायाको अर्थ गलत लाग्ला भनेर प्रेमजोडीहरू आफ्नो प्रेम लुकाउन भरमग्दुर प्रयास गरिरहेका हुन्थे । समाज परिवर्तन भैरहेको छ । लाग्छ— हिन्दी गीत 'प्यार किया तो डरना क्या'बाट अहिलेका युवा प्रेम जोडी निकै प्रभावित छन् । सम्भवत: बदलिँदो समाजको बदलिँदो शैलीको प्रेममा प्रेम लुकाएर होइन, देखाएर गर्नुपर्छ भन्ने मान्यता बढ्दो छ । समाजका युवा अचेल माया लाएपछि लुकाउन चाहँदैनन् । 'अपराध गरेको हो र ? माया पो लाएको त ।' भन्ने युवाप्रेमीहरूले अपनाएको प्रेमको बाटोले सन् ७० को दशकको अर्को एक हिन्दी गीत 'खुल्लमखुल्ला प्यार करेंगे हम दोनो' लाई अनुसरण गरिरहेको छ । समाजका युवाहरू 'खुल्लमखुल्ला प्रेम'को बाटोमा लागेपछि चलचित्र क्षेत्रका युवा पुस्तालाई त्यो हावाले किन नछोओस् ? फेरी फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालमा अपलोड भैरहने उनीहरूका गतिविधिमा पनि सबैको आँखा पुगिरहेकै हुन्छ । समाज मात्र होइन, सम्भवत: उनीहरूको 'खुल्लमखुल्ला प्रेम'लाई स्वीकार गर्न उनीहरूका अभिभावकहरू पनि बाध्य छन् । नयाँ समाजको नयाँ प्रेम, प्रेम डराएर होइन, खुल्लमखुल्ला गर्नुपर्छ भन्ने कुरालाई शिरोधार्य गर्दै अघि बढेका केही
Powered by Blogger.