Header Ads

Breaking News
recent

तेजाब हान्ने अझै पक्राउ परेनन्

काठमाडौं-वसन्तपुरको एक ट्युसन सेन्टरको कक्षाकोठामा तीन छात्रामाथि एसिड प्रहारको ३८ घन्टा बितिसक्दा पनि प्रहरीले आक्रमणकारी पहिचानसम्म गर्न सकेको छैन। आइतबार बिहान साढे ६ बजे कक्षाकोठाभित्र संगीता पुलामी मगर, सीमा बस्नेत र हेमु मुखर्जी गणितको अभ्यास गरिरहेका बेला एक अपरिचित व्यक्ति बोतलमा ल्याएको एसिड उनीहरुमाथि छ्यापेर भागेको थियो। आइतबारै अपराधीबारे केही सुराक पत्ता लागिसकेको र एकदुई दिनभित्रै पक्राउ गरिसक्ने महानगरीय प्रहरी वृत्त जनसेवाले दाबी गरे पनि वृत्तका डिएसपी वेद बिष्टले सोमबार रातिसम्म पनि अपराधी पत्ता नलागेको बताए। सोमबार प्रहरीले आक्रमणमा परेका तीनै छात्राको स्कुलका सहपाठी र शिक्षकसँग बयान लिने कार्य गरेको जनाएको छ। संगीता अध्ययन गर्ने स्कुल शान्ति निकुन्ज, सीमा अध्ययन गर्ने स्कुल कान्तिश्वरी र हेमु अध्ययन गर्ने कन्या मावि हो। तीनै छात्रा यही चैतमा एसएलसी दिँदैछन्। डिएसपी बिष्टले पीडितको बयान र ३६ घन्टाको अनुसन्धानलेे आक्रमणकारी मंगोलियन अनुहार भएको मात्र पत्ता लगाउन सकेको बताएका छन्। पीडितमध्येकै एकले दिएको बयानअनुसार मंगोलियन अनुहार भएको र सुन्तला रंगको हुड लगाएको हुलियाका आधारमा प्रहरीले स्केच बनाउने काम अघि बढाएको छ। डिएसपी बिष्टका अनुसार प्रहरीले यो घटनामा चार वटा हाइपोथेसिस बनाएर अनुसन्धान अघि बढाएको छ। ‘हामीले यो घटनामा लभ अफेयर, साथीसाथीबीचको मनमुटाव, पारिवारिक रिसइबी र परिवारबाहेकका अन्य व्यक्तिसँगको रिसइबी गरी चार डायमेन्सन बनाएर अनुसन्धान थालेका छौं,' डिएसपी बिष्टले नागरिकसँग भने, ‘सोमबारसम्मको अनुसन्धानबाट स्कुलका साथीभाइ वा शिक्षकको कुनै संलग्नता नभएको देखिएको छ।' घटनाको प्रकृति हेर्दा आफन्तसँग कुनै रिसइबी भएकै कारण परिचितबाटै संगीतामाथि एसिड छ्यापिएको सम्भावना बढी देखिएको उनले जनाए। ‘किनभने बढी लक्ष्य संगीतालाई नै गरिएको छ,' उनले भने। संगीता पुलामी अझै अचेत अवस्थामा छिन्। उनी सिनामंगलको काठमाडौं मेडिकल कलेजमा बेड नम्बर ४७४ मा उपचाररत छिन्। शान्तिनिकुन्जकी छात्रा संगीताको अनुहार पूरै एसिडले पोलेको छ। दाहिने आँखामा एसिड परेकाले क्षति पुगेको अस्पतालले जनाएको छ। तिघ्रा र छापी एसिडले पोलेको छ। ‘शरीर र अनुहार सुन्निएकाले डाक्टरले अप्रेसन भने अहिले गरेका छैनन्,' बुवा प्रेम पुलामीले नागरिकसँग भने, ‘छिमेकी र साथीभाइसँग ४० हजार ऋण काढेर छोरीको उपचारमा खर्चिसकें, अब थप कहाँबाट जोहो गर्ने, चिन्ता बनेको छ।' क्याटरिङमा कार्यरत बुवा प्रेमका अनुसार संगीता तेक्वान्दोकी ब्ल्याक बेल्ट हुन्। भारतबाट तेक्वान्दोमा प्रथम भएर मेडलसमेत जितेकी छन् उनले। तेक्वान्दोमा ब्ल्याक बेल्ट भए पनि साँझ कोठाबाट बाहिर साथी नलिई कतै नजाने बुवा प्रेम सुनाउँछन्। बुवा प्रेमका अनुसार संगीताले मोबाइल र फेसबुकसमेत चलाउँदिनन्। अर्की पिडित सीमा बस्नेत सोमबार पनि वीर अस्पतालमै छिन्। कान्तिश्वरी स्कुलकी छात्रा सीमाको अवस्था समान्य बन्दै गएको प्रहरीले जनाएको छ। संगीता र सीमामाथि एसिड हमला गर्नेलाई कारबाही माग गर्दै सोमबार स्कुलका विद्यार्थीले नाराजुलुससहित र्यासली निकालेका छन्। र्याेलीमा वसन्तपुर क्षेत्रका शान्ति निकुन्ज, कान्तिश्वरी, कन्या, परोपकार, जुद्धोदय मावि, हिमालय मावि गरी सात स्कुलका सबै कक्षाका विद्यार्थी थिए। र्या लीमा सहभागी विद्यार्थीले अपराधीलाई २४ घन्टाभित्रै सार्वजनिक गर्नुपर्ने, अपराधीलाई फासी दिनुपर्ने, महिला हिंसा अन्त्य गरिनुपर्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए। ‘हामी छात्रा सुरक्षित नभएको हामीलाई महसुस भएको छ,' जुद्धोदय स्कुलकी कक्षा ८ की एक छात्राले भनिन्, ‘सरकारले बालबालिकालाई शन्तिक्षेत्र घोषणा मात्र गर्यो्। खोइ हाम्रो सुरक्षा?' उनले भनिन्, ‘राज्यले संगीता दिदी र सीमा दिदीको उपचार खर्च दिनुपर्छ।' राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति जारी गर्दै दुई किशोरी संगीता र सीमामाथि एसिड आक्रमणले आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अध्यक्ष मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा आयोगले पीडितमध्ये संगीता
मगरको अवस्थाबारे आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले काठमाडौं मेडिकल कलेज पुगेको थियो। अस्पतालका डक्टरका अनुसार पीडितको घाउ निको हुन थोरैमा एक महिना  लाग्न सक्ने उल्लेख छ। आयोगले महिला, किशोरी तथा बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रभावकारी कदम चाल्न,पीडितको औषधोपचार व्यवस्था गर्न एवं एसिडको आयात, बिक्रीबितरण तथा प्रयोगमा कडाइ गर्न पनि सरकारको ध्यानाकर्षण विज्ञप्तिमार्फत गराएको छ।   शान्तिनिकुन्ज स्कुलका प्रिन्सिपल ज्ञानकाजी महर्जनले संगीता निकै मिलनसार हसिलो मिजासकी छात्रा भएको सुनाए। उनले आफैंले पनि संगीतालाई गणितको कोचिङ कक्षामा र नियमित कक्षामा पढाएकाले उनी पढाइमा समेत राम्रो विद्यार्थी भएको जनाए। ‘कक्षामा सधैं नियममि हुन्छिन् संगीता। उनी कसैसँग रिसाएको हामीलाई कहिल्यै थाहा छैन,' प्रिन्सिपल महर्जनले भने, ‘संगीताले दसैं कार्यक्रममा स्कुलमा तेक्वान्दोबारे प्रस्तुति गरेपछि हामी निकै खुसी बनेका थियौं।'
काठमाडौं-वसन्तपुरको एक ट्युसन सेन्टरको कक्षाकोठामा तीन छात्रामाथि एसिड प्रहारको ३८ घन्टा बितिसक्दा पनि प्रहरीले आक्रमणकारी पहिचानसम्म गर्न सकेको छैन। आइतबार बिहान साढे ६ बजे कक्षाकोठाभित्र संगीता पुलामी मगर, सीमा बस्नेत र हेमु मुखर्जी गणितको अभ्यास गरिरहेका बेला एक अपरिचित व्यक्ति बोतलमा ल्याएको एसिड उनीहरुमाथि छ्यापेर भागेको थियो।
आइतबारै अपराधीबारे केही सुराक पत्ता लागिसकेको र एकदुई दिनभित्रै पक्राउ गरिसक्ने महानगरीय प्रहरी वृत्त जनसेवाले दाबी गरे पनि वृत्तका डिएसपी वेद बिष्टले सोमबार रातिसम्म पनि अपराधी पत्ता नलागेको बताए। सोमबार प्रहरीले आक्रमणमा परेका तीनै छात्राको स्कुलका सहपाठी र शिक्षकसँग बयान लिने कार्य गरेको जनाएको छ। संगीता अध्ययन गर्ने स्कुल शान्ति निकुन्ज, सीमा अध्ययन गर्ने स्कुल कान्तिश्वरी र हेमु अध्ययन गर्ने कन्या मावि हो। तीनै छात्रा यही चैतमा एसएलसी दिँदैछन्।
डिएसपी बिष्टले पीडितको बयान र ३६ घन्टाको अनुसन्धानलेे आक्रमणकारी मंगोलियन अनुहार भएको मात्र पत्ता लगाउन सकेको बताएका छन्। पीडितमध्येकै एकले दिएको बयानअनुसार मंगोलियन अनुहार भएको र सुन्तला रंगको हुड लगाएको हुलियाका आधारमा प्रहरीले स्केच बनाउने काम अघि बढाएको छ। डिएसपी बिष्टका अनुसार प्रहरीले यो घटनामा चार वटा हाइपोथेसिस बनाएर अनुसन्धान अघि बढाएको छ। ‘हामीले यो घटनामा लभ अफेयर, साथीसाथीबीचको मनमुटाव, पारिवारिक रिसइबी र परिवारबाहेकका अन्य व्यक्तिसँगको रिसइबी गरी चार डायमेन्सन बनाएर अनुसन्धान थालेका छौं,' डिएसपी बिष्टले नागरिकसँग भने, ‘सोमबारसम्मको अनुसन्धानबाट स्कुलका साथीभाइ वा शिक्षकको कुनै संलग्नता नभएको देखिएको छ।'
घटनाको प्रकृति हेर्दा आफन्तसँग कुनै रिसइबी भएकै कारण परिचितबाटै संगीतामाथि एसिड छ्यापिएको सम्भावना बढी देखिएको उनले जनाए। ‘किनभने बढी लक्ष्य संगीतालाई नै गरिएको छ,' उनले भने।
संगीता पुलामी अझै अचेत अवस्थामा छिन्। उनी सिनामंगलको काठमाडौं मेडिकल कलेजमा बेड नम्बर ४७४ मा उपचाररत छिन्। शान्तिनिकुन्जकी छात्रा संगीताको अनुहार पूरै एसिडले पोलेको छ। दाहिने आँखामा एसिड परेकाले क्षति पुगेको अस्पतालले जनाएको छ। तिघ्रा र छापी एसिडले पोलेको छ।
‘शरीर र अनुहार सुन्निएकाले डाक्टरले अप्रेसन भने अहिले गरेका छैनन्,' बुवा प्रेम पुलामीले नागरिकसँग भने, ‘छिमेकी र साथीभाइसँग ४० हजार ऋण काढेर छोरीको उपचारमा खर्चिसकें, अब थप कहाँबाट जोहो गर्ने, चिन्ता बनेको छ।'
क्याटरिङमा कार्यरत बुवा प्रेमका अनुसार संगीता तेक्वान्दोकी ब्ल्याक बेल्ट हुन्। भारतबाट तेक्वान्दोमा प्रथम भएर मेडलसमेत जितेकी छन् उनले। तेक्वान्दोमा ब्ल्याक बेल्ट भए पनि साँझ कोठाबाट बाहिर साथी नलिई कतै नजाने बुवा प्रेम सुनाउँछन्। बुवा प्रेमका अनुसार संगीताले मोबाइल र फेसबुकसमेत चलाउँदिनन्।
अर्की पिडित सीमा बस्नेत सोमबार पनि वीर अस्पतालमै छिन्। कान्तिश्वरी स्कुलकी छात्रा सीमाको अवस्था समान्य बन्दै गएको प्रहरीले जनाएको छ। संगीता र सीमामाथि एसिड हमला गर्नेलाई कारबाही माग गर्दै सोमबार स्कुलका विद्यार्थीले नाराजुलुससहित र्यासली निकालेका छन्। र्याेलीमा वसन्तपुर क्षेत्रका शान्ति निकुन्ज, कान्तिश्वरी, कन्या, परोपकार, जुद्धोदय मावि, हिमालय मावि गरी सात स्कुलका सबै कक्षाका विद्यार्थी थिए।
र्या लीमा सहभागी विद्यार्थीले अपराधीलाई २४ घन्टाभित्रै सार्वजनिक गर्नुपर्ने, अपराधीलाई फासी दिनुपर्ने, महिला हिंसा अन्त्य गरिनुपर्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
‘हामी छात्रा सुरक्षित नभएको हामीलाई महसुस भएको छ,' जुद्धोदय स्कुलकी कक्षा ८ की एक छात्राले भनिन्, ‘सरकारले बालबालिकालाई शन्तिक्षेत्र घोषणा मात्र गर्यो्। खोइ हाम्रो सुरक्षा?' उनले भनिन्, ‘राज्यले संगीता दिदी र सीमा दिदीको उपचार खर्च दिनुपर्छ।'
राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति जारी गर्दै दुई किशोरी संगीता र सीमामाथि एसिड आक्रमणले आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अध्यक्ष मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा आयोगले पीडितमध्ये संगीता मगरको अवस्थाबारे आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले काठमाडौं मेडिकल कलेज पुगेको थियो। अस्पतालका डक्टरका अनुसार पीडितको घाउ निको हुन थोरैमा एक महिना  लाग्न सक्ने उल्लेख छ। आयोगले महिला, किशोरी तथा बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रभावकारी कदम चाल्न,पीडितको औषधोपचार व्यवस्था गर्न एवं एसिडको आयात, बिक्रीबितरण तथा प्रयोगमा कडाइ गर्न पनि सरकारको ध्यानाकर्षण विज्ञप्तिमार्फत गराएको छ।
शान्तिनिकुन्ज स्कुलका प्रिन्सिपल ज्ञानकाजी महर्जनले संगीता निकै मिलनसार हसिलो मिजासकी छात्रा भएको सुनाए। उनले आफैंले पनि संगीतालाई गणितको कोचिङ कक्षामा र नियमित कक्षामा पढाएकाले उनी पढाइमा समेत राम्रो विद्यार्थी भएको जनाए।
‘कक्षामा सधैं नियममि हुन्छिन् संगीता। उनी कसैसँग रिसाएको हामीलाई कहिल्यै थाहा छैन,' प्रिन्सिपल महर्जनले भने, ‘संगीताले दसैं कार्यक्रममा स्कुलमा तेक्वान्दोबारे प्रस्तुति गरेपछि हामी निकै खुसी बनेका थियौं।'
- See more at: http://nagariknews.com/society/nation/story/33637.html#sthash.zhXZdqOx.buqFKWiO.dpuf
Powered by Blogger.